Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

तालिबानसँग भारतले गर्याे पहिलो औपचारिक वार्ता

तालिबानसँग भारतले गर्याे पहिलो औपचारिक वार्ता

नेपालपाना भाद्र १५ २०७८
  • 6.9K
    SHARES
  • तालिबानसँग भारतले गर्याे पहिलो औपचारिक वार्ता

    काठमाडौं । भारतीय अधिकारीले तालिबानका शीर्ष नेतासँग कूटनीतिक भेटवार्ता गरेका छन्। यो भेटवार्ता नै भारत र तालिबानबिचको पहिलो औपचारिक भेटवार्ता मानिएको छ ।

    न्युज एजेन्सी एएनआईका अनुसार कतारस्थित भारतका राजदूत दीपक मित्तलले दोहामा तालिबानका राजनीतिक कार्यालय प्रमुख शेर मोहम्मद अब्बास स्टेनकजईसँग भेटवार्ता गरेका हुन्।

    भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार बैठकमा अफगानिस्तानमा फसेका आफ्ना नागरिककको सुरक्षा र शीघ्र फिर्तीका विषयमा छलफल भएको हो।

    बैठकमा राजदूत मित्तलले स्टेनकजईसँग अफगानिस्तानको भूमि आतंकवाद र भारतविरोधी गतिविधिका लागि प्रयोग नहोस् भन्ने चिन्ता प्रकट गरेका थिए।

    भाद्र १५, २०७८ मंगलवार २०:२७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana