Logo

आइतवार, मंसिर १८ गते २०७९

महाकालीमा जयसिंह बेपत्ता प्रकरण : एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ

महाकालीमा जयसिंह बेपत्ता प्रकरण : एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ

नेपालपाना भाद्र १६ २०७८
  • 21.6K
    SHARES
  • महाकालीमा जयसिंह बेपत्ता प्रकरण : एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ

    काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाएको छ । 

    गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समितिको प्रतिवेदनमा एसएसबीले तुइन काटेको पुष्टि हुन सकेन । एसएसबीका जबानले तुइन खुस्काएको दाबी गरिए पनि स्थलगत अध्ययनमा गएको टोलीले भने एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन । समितिले जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा एसएसबीको घटनास्थलमा उपस्थिति भएको तर तुइन नै काटेको भन्ने पुष्टि हुन नसकेको उल्लेख गरेको छ । यसमा थप छानविन गर्न सुझाएको छ । 

    ‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।

    ‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्तिमा लेखिएको छ ।

    भाद्र १६, २०७८ बुधवार ०९:४३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय सेना
  • # तुइन काटेको

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend