Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कोभिड स्वास्थ्य सामग्री लिएर काठमाडौं आयो अमेरिकी सैन्य विमान, कमाण्डरले गरे ह्याण्डओभर

कोभिड स्वास्थ्य सामग्री लिएर काठमाडौं आयो अमेरिकी सैन्य विमान, कमाण्डरले गरे ह्याण्डओभर

नेपालपाना भाद्र १६ २०७८
  • 4.2K
    SHARES
  • कोभिड स्वास्थ्य सामग्री लिएर काठमाडौं आयो अमेरिकी सैन्य विमान, कमाण्डरले गरे ह्याण्डओभर

    काठमाडौं । कोभिड १९ संक्रमण विरुद्ध लड्न स्वास्थ्य सामग्री लिएर अमेरिकी एयर फोर्सको विशेष विमान काठमाडौं आइपुगेको छ । 

    मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको विमानले ९० मिलियनभन्दा बढीको कोभिड–१९ सामग्री ल्याएको छ । 

    अमेरिकाले कोरोनासम्बन्धी उपचारमा सहयोग होस् भनेर सो सामग्री नेपाललाई पठाएको हो ।

    अमेरिकाको ९० मिलियनभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगकै क्रममा अमेरिकी उथाह नेशनल गार्डले थप सहयोग नेपाल ल्याइ पुर्याएको नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको छ ।

    गैर आवासीय नेपाली संगठनसहितका संस्थाको सौजन्यमा प्राप्त यी कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरू अमेरिकी सैन्य कमाण्डरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

    भाद्र १६, २०७८ बुधवार ०९:५१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana