Logo

शनिवार, मंसिर १८ गते २०७८

images

एमसीसी : तात्तिए देउवा र ओली, अमेरिकी हेडक्वार्टरबाट आउँदैछिन् उपाध्यक्ष सुमार, अब चाँडै टुंगो लाग्ने

एमसीसी : तात्तिए देउवा र ओली, अमेरिकी हेडक्वार्टरबाट आउँदैछिन् उपाध्यक्ष सुमार, अब चाँडै टुंगो लाग्ने

नेपालपाना भाद्र १६ २०७८
  • 7.4K
    SHARES
  • एमसीसी : तात्तिए देउवा र ओली, अमेरिकी हेडक्वार्टरबाट आउँदैछिन् उपाध्यक्ष सुमार, अब चाँडै टुंगो लाग्ने

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे निर्णय लिन नेताहरु कस्सिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रतिपक्षी दलका नेता केपी ओलीसम्म एकमत भएका छन् ।

    नेपालको भौतिक पूर्वाधार विकासमा कायपलट ल्याउने सहयोग परियोजना एमसीसी अघि बढाउन नेताहरुले माहोल बनाइरहेका छन् । यस्तो बेला अमेरिकास्थित एमसीसी हेटक्वार्टरबाट कमाण्डरले नेपाल भ्रमण गर्ने तय भएको छ ।

    एमसीसीकी ग्लोबल उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउन लागेकी हुन् । नेपाल भ्रमणका क्रममा फतिमाले प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सत्ता गठबन्धनका नेता प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

    नेपाल र अमेरिकाबीच सन् २०१७मा एमसीसी परियोजनामा हस्ताक्षर भएको थियो । परियोजनाअन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि ५०० मिलियन अमेरिकी डलर अर्थात ६० अर्ब रुपैयाँ अनुदान पाउनेछ ।

    तर सम्झौता संसदबाट पारित नहुँदै राजनीतिक रुपमा नेताहरुले विरोध गरेर आफूअनुकूल विवादमा ल्याएपछि अहिलेसम्म अलपत्र परेको छ । यसलाई गति दिन सुमारको नेपाल यात्राले मद्दत पुग्नेछ ।

    भाद्र १६, २०७८ बुधवार १४:४८:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana