Logo

आइतवार, मंसिर १२ गते २०७८

images

महाधिवेशनकाे पूर्वसन्ध्यामा कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा

महाधिवेशनकाे पूर्वसन्ध्यामा कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा

नेपालपाना भाद्र १६ २०७८
  • 2.3K
    SHARES
  • महाधिवेशनकाे पूर्वसन्ध्यामा कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएकमा छन् । 

    विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    “षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन”, नेता विश्वकर्माले जारी गरेको राजीनामा पत्रमा भनिएको छ । 

    उनले समावेशी पार्टी निर्माणमा लागेको वर्तमान शेरबहादुरर देउवा नेतृत्वको काँग्रेसले समावेशी सिद्धान्त कदमकोसमेत खिल्ली उडाएको भन्दै आफूले नैतिकरुपमा दुवै पदबाट राजीनामा दिएको बताएका हुन्। 

    भाद्र १६, २०७८ बुधवार २१:०७:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana