Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

देउवाको राष्ट्रवादी निर्णय: नेपाली भूमि मिच्ने चीनलाई सबक सिकाउने, कम्युनिस्टले छाडेको भूमि फिर्ता ल्याउने

देउवाको राष्ट्रवादी निर्णय: नेपाली भूमि मिच्ने चीनलाई सबक सिकाउने, कम्युनिस्टले छाडेको भूमि फिर्ता ल्याउने

नेपालपाना भाद्र १७ २०७८
  • 9.8K
    SHARES
  • देउवाको राष्ट्रवादी निर्णय: नेपाली भूमि मिच्ने चीनलाई सबक सिकाउने, कम्युनिस्टले छाडेको भूमि फिर्ता ल्याउने

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रवादी निर्णय लिएका छन् । कम्युनिस्टहरुले भूमि नमिचेको भनेर चीनलाई उन्मुक्ति दिएका बेला प्रधानमन्त्री देउवाले भूमि मिचेको विषयमा छानविन गर्न समिति गठन गरेका छन् ।

    प्रधानमन्त्री देउवाले बुधवारको मन्त्रिपरिषद् बैठकबाट हुम्ला लगायत उत्तरी छिमेकी चीनसँग छिमेकी जोडिएको सीमा क्षेत्र मिचिएको र सीमा विवाद अध्ययनका लागि छानविन समिति गठनको निर्णय गराएका हुन् ।

    हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामा चीनले नेपाली भूमिमा अवैध रुपमा भौतिक संरचना बनाएको छ । जसको चौतर्फी विरोध भयो । तत्कालीन कम्युनिस्ट सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गराउँदा चीनले कब्जा नगरेको निष्कर्ष निकालेको छ ।

    त्यसपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीको नेतृत्वको टोलीले स्थलगत अध्ययन गर्दा ठाउँ ठाउँमा सीमा मिचिएको पाइएको थियो । उक्त प्रतिवेदन पूर्वपर्यटनमन्त्री समेत रहेका शाहीले कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएका छन् । सीमा मिचिएको पुष्टि नभए आफू राजनीतिबाट सन्यास लिने चुनौती दिएका छन् । कम्युनिस्टले भूमि मिच्ने चीनलाई उन्मुक्ति दिएको शाहीको गुनासो छ ।

    शाहीले सभापति देउवा प्रधानमन्त्री बनेपछि पनि यो विषय उठाउँदै छानविन गर्न माग गरेका छन् । मागअनुसार देउवाले छानविन समिति बनाएका हुन् ।

    समितिलाई सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि भनिएको छ ।

    गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञलाई सदस्य राखिएको छ ।

    भाद्र १७, २०७८ बिहिवार ०६:४५:०२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana