Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

चीनबाट नेपाली राजदूत फिर्ता बोलाउन प्रधानमन्त्रीलाई प्रचण्डको दबाब, आफ्ना कार्यकर्ता पौड्याललाई बनाउन लविङ

चीनबाट नेपाली राजदूत फिर्ता बोलाउन प्रधानमन्त्रीलाई प्रचण्डको दबाब, आफ्ना कार्यकर्ता पौड्याललाई बनाउन लविङ

नेपालपाना भाद्र १७ २०७८
  • 9.9K
    SHARES
  • चीनबाट नेपाली राजदूत फिर्ता बोलाउन प्रधानमन्त्रीलाई प्रचण्डको दबाब, आफ्ना कार्यकर्ता पौड्याललाई बनाउन लविङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई फिर्ता बोलाउन सरकारलाई दबाब दिएका छन् । 

    सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको पछिल्लो बैठकमा प्रचण्डले पाण्डेलाई फिर्ता बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन् । 

    राजदूत फिर्ता बोलाउन मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । 

    पाण्डेलाई फिर्ता बोलाएर पूर्वमुख्यसचिव एवं यसअघिका राजदूत लीलामणी पौड्याललाई पठाउने प्रचण्डको प्रस्ताव छ । पौड्याल माओवादी निकट मानिन्छन् । 

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई राजदूत बनाएर बेइजिङ पठाएका थिए । पाण्डेको पालामा नेपाल-चीन सम्बन्ध स्थिर छ । कुनै समस्या छैन । 

    कुटनीतिक सम्बन्ध आफ्नै गतिमा अघि बढिरहेका बेला प्रचण्डले चीनमा नयाँ राजदूत पठाउन दबाब दिएका हुन् । गठबन्धन स्रोतका अनुसार आफू अनुकूल राजदूत पठाउने प्रचण्डको कसरत छ ।

    भाद्र १७, २०७८ बिहिवार १६:३५:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana