Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

मन्त्रिपरिषद् विस्तारको तयारी : देउवा र प्रचण्डबीच के भयो कुराकानी ?

मन्त्रिपरिषद् विस्तारको तयारी : देउवा र प्रचण्डबीच के भयो कुराकानी ?

नेपालपाना भाद्र १७ २०७८
  • 2.7K
    SHARES
  • मन्त्रिपरिषद् विस्तारको तयारी : देउवा र प्रचण्डबीच के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार यतिबेला मन्त्रिपरिषद् विस्तारका लागि तयारी अवस्थामा छ ।

    भदौ २२ पछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ।

    सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाट भएको हो । सो क्रमममा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यस्तै (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ।

    उनीहरुबीच पनि सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

    भाद्र १७, २०७८ बिहिवार २०:११:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana