Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेट

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेट

नेपालपाना भाद्र १७ २०७८
  • 2.3K
    SHARES
  • प्रधानमन्त्री देउवा र  झलनाथ खनालबीच भेट

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्।

    प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

    भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
          
    प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

    भाद्र १७, २०७८ बिहिवार २०:४६:०३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana