Logo

शनिवार, आषाढ ११ गते २०७९

images

आक्रमणको निशानामा चिनियाँ नागरिक, सुरक्षा चिन्ता बढ्यो

आक्रमणको निशानामा चिनियाँ नागरिक, सुरक्षा चिन्ता बढ्यो

नेपालपाना भाद्र १८ २०७८
  • 27.8K
    SHARES
  • आक्रमणको निशानामा चिनियाँ नागरिक, सुरक्षा चिन्ता बढ्यो

    पाकिस्तानको ग्वादरमा पछिल्लो पटक भएको आत्मघाती हमलामा ९ चिनियाँ नागरिकको मृत्यु भएको । चिनियाँ नागरिक बोकेको बस विस्फोट गराउँदा नौ चिनियाँ इन्जिनियरहरुको ज्यान गएको हो । उक्त घटनाले पाकिस्तानमा रहेका आतंकवादी समूहले पाकिस्तानमा रहेका चिनियाँ नागरिकहरुलाई आफ्नो हिट सूचीमा पारेको छ भन्नेमा कुनै शंका छैन । 

    चीन पाकिस्तानको लागि एक महत्वपूर्ण सहयोगी हो । पाकिस्तानले उक्त घटनापछि एक वक्तव्य जारी गर्दै दुश्मनहरुले चीन र पाकिस्तानको सम्बन्धमा दरार पैदा गर्ने प्रयास भइरहेको जनाएको थियो । उक्त प्रयासलाई विफल पारिनेसमेत पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । 

    पाकिस्तानले उक्त घटनाको अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भए पनि कुनै हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । विदेश मन्त्री शाह महमूद कुरैशीले सुरुमा बस दुर्घटना भएको बताएका थिए । तर, पछि चीनले आफैं छानबिन गर्ने बताएपछि भने विस्फोट भएको बताएको थियो ।  

    पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिक लक्षित आक्रमणहरु तीव्र भइरहेका छन् । चिनियाँ नागरिकहरुमाथि आक्रमण भइरहेको भए पनि पाकिस्तानले गम्भीरताका साथ लिएको छैन । 

    इस्लामावादस्थित चिनियाँ दूतावासले कडा शब्दमा बयान जारी गर्दै पाकिस्तानलाई व्यावहारिक र प्रभावकारी उपायको खोजी गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ । यसबाहेक, दूतावासले उनीहरुको स्टेट काउन्सिलर र सार्वजनिक सुरक्षा मन्त्रीलाई तथ्य र प्रमाण को आधारमा अनुसन्धान जारी राख्न एक समिति बनाउनुपर्नेसमेत माग गरेको छ ।

    चीन आफ्ना नागरिकहरु पाकिस्तानी आतंकवादको सिकार भएको मात्र नभइ पीटीआई सरकारले देखाएको रबैयाले गर्दा पनि रुष्ट बनेका छन् ।

    भाद्र १८, २०७८ शुक्रवार १०:१८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend