Logo

आइतवार, मंसिर १८ गते २०७९

सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ

सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ

नेपालपाना भाद्र १८ २०७८
  • 7.6K
    SHARES
  • सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ

    काठमाडौं। चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले  सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् ।

    सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन ।  

    अमल्दार गुरुङ्ग र सिपाही तामाङ्गलाई सोही वर्षको चैत १८ गतेबाट गणना हुने गरी तीन वर्ष पदोन्नति रोक्का र साविककै दर्जामा पुनःवहाली गर्ने अदालतबाट भदौ १७ गते भएको फैसला कार्यान्वयनमा गइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भाद्र १८, २०७८ शुक्रवार १९:३६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend