Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अमेरिकी सरकार र जनतामा सरकारकाे समवेदना

अमेरिकी सरकार र जनतामा सरकारकाे समवेदना

नेपालपाना भाद्र १८ २०७८
  • 2.2K
    SHARES
  • अमेरिकी सरकार र जनतामा सरकारकाे समवेदना

    काठमाडौं। सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । 

    आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो । 

    परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट प्रभावित परिवारहरूमा ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै यो विषम घडीमा नेपाली जनता पीडित अमेरिकी मित्रहरूसँगै रहेको जनाएको छ ।

    भाद्र १८, २०७८ शुक्रवार १९:३७:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana