Logo

आइतवार, मंसिर १२ गते २०७८

images

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा

नेपालपाना भाद्र १८ २०७८
  • 2.4K
    SHARES
  • बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा

    बैतडी। बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन सकेको छैन । देशका अधिकांश जिल्लामा आज वडा अधिवेशन जारी रहेको भए पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ  ।

    अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा अधिवेशनका लागि आवश्यक पर्ने तयारी नपुगेकाले २१ गतेका लागि हामीले सारेका हौँ, सोही दिन जिल्लाका ८४ वटै वडामा अधिवेशन हुन्छ ।”

    निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन् ।  मतदान अधिकृत नियुक्त गरी उनीहरुलाई आवश्यक प्रशिक्षण दिएर सम्बन्धित केन्द्र पठाइसकिएको उपसभापति चन्दले बताउनुभयो  । 

    भाद्र १८, २०७८ शुक्रवार १९:४०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana