Logo

शनिवार, मंसिर १८ गते २०७८

images

एमसीसीमा बोल्न डराएका प्रचण्डमाथि बर्सिए ओली, जनतालाई झुक्याउने भन्दै दिए दनक

एमसीसीमा बोल्न डराएका प्रचण्डमाथि बर्सिए ओली, जनतालाई झुक्याउने भन्दै दिए दनक

नेपालपाना भाद्र २० २०७८
  • 4.2K
    SHARES
  • एमसीसीमा बोल्न डराएका प्रचण्डमाथि बर्सिए ओली, जनतालाई झुक्याउने भन्दै दिए दनक

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको झाँको झारेका छन् ।

    विगतमा मिलिनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको भन्दै ओलीले एमसीसीमा सत्ता गठबन्धनको धारणा मागेका हुन् ।

    'यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने? देउवाले जीले, प्रचण्डजीले बोल्नुपर्दैन । के गर्ने एमसीसी? उहाँहरु चुपचाप छन् । यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,' शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने ।

    उनले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे । 'पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्योआ । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,' ओलीले भने ।

    उनले वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे । 'तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राती क्रेन लगेर मूर्तिको घाटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् ।

    देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,' ओलीले भने, 'रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मूर्ति भक्काउन सक्छन् । याद गर्नुस् यिनीहहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन् । विगार्दै गएका छन् ।'

    भाद्र २०, २०७८ आइतवार ०७:३३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana