Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

आइएस समूहले गर्याे आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

आइएस समूहले गर्याे आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

नेपालपाना भाद्र २० २०७८
  • 2.1K
    SHARES
  • आइएस समूहले गर्याे आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी। किर्कुक प्रान्तमा इस्लामिक स्टेट ९आइएस०ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । 

    उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आई एस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

    अल–ताइ भन्नुभयो, “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।”

    आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाद गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

    सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकूसमेतको मृत्यु भएकमो छ भने सयौँ घाइते भएका छन् ।

    भाद्र २०, २०७८ आइतवार १८:२९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana