Logo

शुक्रवार, मंसिर १६ गते २०७९

चीनको कर्तुत बाहिर ल्याउने जीवन शाहीलाई कर्णालीले दियो ठूलो पुरस्कार ! देउवाको पनि ग्रिन सिग्नल

चीनको कर्तुत बाहिर ल्याउने जीवन शाहीलाई कर्णालीले दियो ठूलो पुरस्कार ! देउवाको पनि ग्रिन सिग्नल

नेपालपाना भाद्र २१ २०७८
  • 16.2K
    SHARES
  • चीनको कर्तुत बाहिर ल्याउने जीवन शाहीलाई कर्णालीले दियो ठूलो पुरस्कार ! देउवाको पनि ग्रिन सिग्नल

    काठमाडौं । जोखिम मोलेर उत्तरी छिमेकी चीनको कर्तुत बाहिर ल्याउने नेता हुन् जीवनबहादुर शाही । चीनले सीमा मिच्यो भनेर कम्युनिस्ट डराइरहेका बेला, उल्टै संरक्षणमा उत्रिएका बेला प्राविधिकसहित आफै स्थलगत अध्ययनमा गएर हुम्लाका मात्रै ८ ठाउँमा सीमा मिचिएको तथ्य बाहिर ल्याएका शाही त्यतिबेला अपमानित पनि भए ।

    भारतीयदेखि अमेरिकी एजेन्टसम्मको आरोप खेपे । तर सत्य र सत्य हो । उनी सत्य बाहिर ल्याउन डगमगाएनन् । त्यतिबेला अपमानित भए पनि अहिले उनको कामको मूल्यांकन भएको छ । सरकारले अध्ययन गर्न छानविन समिति नै बनाइसकेको छ ।

    यस्तो बेला आफ्नो मातृभूमिको रक्षा गर्ने, विश्वकै महाशक्ति बन्न हिँडेको चीनसँग नडराएर सीमा मिचिएको तथ्य बाहिर ल्याएका शाहीलाई कर्णालीले उच्च पद दिएर पुरस्कृत गर्दैछ । शाही कर्णालीको प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

    मुख्यमन्त्री बन्न केन्द्रबाट सभापति शेरबहादुर देउवाले पनि ग्रिन सिग्नल दिइसकेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा आलोपालो नेतृत्वबारे सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

    भदौभित्र महेन्द्रले राजीनामा दिएर जीवनले सम्हाल्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा अहिले ३५ सांसद छन् । एमालेका चार सांसद पदमुक्त भएका छन्। त्यस्तै, नेकपा विघटन हुँदा एमालेतिर गएका एक सांसदलाई माओवादीले पनि कारबाही गरेको छ ।

    नयाँ बनेको नेकपा (एकीकृत समाजवादी)मा तीन सांसद गएपछि अब एमालेमा १३ सांसद मात्रै छन् । त्यस्तै, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्छ ।

    भाद्र २१, २०७८ सोमवार ०६:०१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीवन बहादुर शाही
  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend