Logo

शनिवार, मंसिर १८ गते २०७८

images

एमसीसीबारे सरकारले लियो नसोचेको निर्णय, प्रचण्ड र माधवको समेत सहमति

एमसीसीबारे सरकारले लियो नसोचेको निर्णय, प्रचण्ड र माधवको समेत सहमति

नेपालपाना भाद्र २१ २०७८
  • 11.7K
    SHARES
  • एमसीसीबारे सरकारले लियो नसोचेको निर्णय, प्रचण्ड र माधवको समेत सहमति

    काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन गराउने तयारी थालेको छ ।

    सत्तारुढ गठबन्धनका नेता प्रचण्ड र माधव नेपालको सहमतिमै एमसीसी अगाडि बढ्ने भएको हो । यसका लागि आवश्यक तयारी थालिएको छ ।

    गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई चनाखो हुन निर्देशन दिएको हो । भदौभर हाई अलर्टमा रहन गृहको निर्देशन रहेको सुरक्षा अधिकारीले बताएका छन् ।

    सुरक्षा अवस्था मजबुत बनाउन निर्देशन आएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौं आउँदैछिन् ।

    ५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि संसद्बाट अनुमोदन हुन नसकेका बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो ।

    सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नेछिन् ।

    एमसिसी उपाध्यक्ष सुमार नेपाल आउने र त्यसकै भोलिपल्ट संसद् अधिवेशन बोलाउनुमा पनि अर्थ रहेको छ । नागरिकका अनुसार सुरक्षा अवस्था कडा राख्ने निर्देशनले एमसीसी संसद्मा टेबुल हुने देखिएको छ ।

    भाद्र २१, २०७८ सोमवार ०९:२१:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana