Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

माधव नेपालका लागि प्रचण्डले एमाले नेता कार्यकर्तालाई धम्क्याएको खुलासा, ईश्वरले गरे भण्डाफोर

माधव नेपालका लागि प्रचण्डले एमाले नेता कार्यकर्तालाई धम्क्याएको खुलासा, ईश्वरले गरे भण्डाफोर

नेपालपाना भाद्र २१ २०७८
  • 3.8K
    SHARES
  • माधव नेपालका लागि प्रचण्डले एमाले नेता कार्यकर्तालाई धम्क्याएको खुलासा, ईश्वरले गरे भण्डाफोर

    काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको बताएको छ । 

    नेकपा माओवादी केन्द्र र अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै एमालेले जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने अवधिमा माधव नेपालको पार्टीका लागि अरु पार्टीका नेता कार्यकर्ताबाट एमालेका जनप्रतिनिधिलाई दबाब आएको उल्लेख गरेको छ । 

    पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको एमालेको खुलासा छ । 

    एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  

    यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।

    भाद्र २१, २०७८ सोमवार १३:५८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # माधव नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana