Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रचण्डको गुलाम बनेर नहिँड्न सभामुखलाई महेश बस्नेतको चेतावनी, ठाउँमै देखाइदिने चेतावनी

प्रचण्डको गुलाम बनेर नहिँड्न सभामुखलाई महेश बस्नेतको चेतावनी, ठाउँमै देखाइदिने चेतावनी

नेपालपाना भाद्र २१ २०७८
  • 5.3K
    SHARES
  • प्रचण्डको गुलाम बनेर नहिँड्न सभामुखलाई महेश बस्नेतको चेतावनी, ठाउँमै देखाइदिने चेतावनी

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् । 

    'सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ । प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ । त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ,' उनले भने ।  

    बस्नेतले आगामी निर्वाचनमा देउवालाई च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) नराम्रोसँग हार्ने पनि बताए । पछिल्ला गतिविधिले कांग्रेसलाई पनि धक्का पुग्ने उनको विश्लेषण छ । 

    युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताए । 'काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरु हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,' बस्नेतले भने, '५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गरे । दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।'

    बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाए ।

    भाद्र २१, २०७८ सोमवार १६:०५:०६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana