Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

बृहत एकताकाे मार्गमा माओवादी, बाबुराम, मोहन वैद्य, विप्लव र उपेन्द्र यादवसँग मिल्ने प्रचण्डकाे खुलासा !

बृहत एकताकाे मार्गमा माओवादी, बाबुराम, मोहन वैद्य, विप्लव र उपेन्द्र यादवसँग मिल्ने प्रचण्डकाे खुलासा !

नेपालपाना भाद्र २१ २०७८
  • 6.6K
    SHARES
  • बृहत एकताकाे मार्गमा माओवादी, बाबुराम, मोहन वैद्य, विप्लव र उपेन्द्र यादवसँग मिल्ने प्रचण्डकाे खुलासा !

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न दलका शीर्ष नेताहरुसँग एकताको तयारी भइरहेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउँदै विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको मार्ग खोजिरहेको बताएका हुन् ।

    माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य(किरण), नेत्रबिक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले बताएका छन् । 

    माओवादी केन्द्र र नेकपा (एमाले)बीच हुँदा आफूहरू कमजोर नभएको बताए । उनले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए । 

    उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताए । उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएकोे दाबी गरे । माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन, कुन पार्टीले ल्यायो, मूल्याङ्कन हाम्रो पक्षमा रहेको प्रचण्डको दाबी छ ।

    भाद्र २१, २०७८ सोमवार १८:५७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana