Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

आफूविरुद्ध षडयन्त्र रचेपछि प्रम देउवाले माधव नेपालमाथि लिए एक्सन, प्रचण्डको पनि मिलेमतो खुल्यो

आफूविरुद्ध षडयन्त्र रचेपछि प्रम देउवाले माधव नेपालमाथि लिए एक्सन, प्रचण्डको पनि मिलेमतो खुल्यो

नेपालपाना भाद्र २२ २०७८
  • 9.1K
    SHARES
  • आफूविरुद्ध षडयन्त्र रचेपछि प्रम देउवाले माधव नेपालमाथि लिए एक्सन, प्रचण्डको पनि मिलेमतो खुल्यो

    काठमाडौं । अहिले राजधानी काठमाडौंमा सरकारलाई अफ्ठेरो पार्नेगरी प्रदर्शन भइरहेको छ ।

    शान्त कुटनीतिक चातुयर्ताका माध्यमबाट छिमेकी तथा मित्र राष्ट्रसँग देखिएको समस्यामा डिल गरिरहेको सरकारलाई भारत, चीन र अमेरिकासँग जोडेर विभिन्न समूहले विरोध प्रदर्शन तथा समाधानका प्रयास नै प्रभावित पार्नेगरी उच्छृङ्खल गतिविधि गरिरहेका छन् । तर यी गतिविधि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डको योजनामा भएको खुलेको छ ।

    विगतमा केपी ‌ओली हटाउन अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको पाउ परेका प्रचण्ड र माधव अहिले आएर सत्ता गठबन्धनमा बसेर देउवालाई नै असफल बनाउने, बदनाम गर्ने षडयन्त्रमा लागेका हुन् । माधव नेपालले त सरकारको विरोधमा आफूनिकट विद्यार्थी संगठनलाई सडकमा नै उतारेका छन् ।

    एउटै गठबन्धनमा बसेर धोकाधडी गरेपछि प्रधानमन्त्री आक्रोशित बनेका छन् । सडकमा सत्ता साझेदार राष्ट्रिय जनमोर्चा उत्रिएको छ । माओवादी भने खुला रुपमा उत्रिएको छैन । तर माधव नेपालको प्रचण्डको पछाडिबाट दरिलो साथ छ । यस्तो तथ्य थाहा पाएपछि प्रधानमन्त्री देउवाले माधव नेपालसहित गठबन्धनमा रहेका पार्टीमाथि तथा समूहमाथि एक्सन लिएका छन् ।

    भारत, चीन र एमसीसीमा आफूलाई घेर्ने र बाहिर हल्ला गरेर बदनाम गराउने षडयन्त्र रचेको भन्दै देउवाले त्यो नाटक बन्द गर्न चेतावनी दिएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाडमार्फत विज्ञप्ति निकाल्न लगाएर देउवाले सरकारलाई नै अफ्ठेरो पार्नेगरी छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी र पुत्ला दहन नगर्न माधव नेपाललगायतलाई चेतावनी दिएका हुन् ।

    ‘विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गृह मन्त्रालय गम्भिर आपत्ति प्रकट गर्दछ।‘

    देउवाको यस्तो चेतावनीपछि माधव नेपाल अझै रोकिएका छैनन् । बरु पार्टी निकट अनेरास्ववियुका नेताहरुलाई उचालेका छन् । आफ्नै सरकारसँग मुखमुखै लागेका छन् । देउवाको बदनाम गर्ने माधव मात्रै होइन प्रचण्डले पनि अखिल (क्रान्तिकारी) लाई सडकमा उतारेका छन् । दूतावास अगाडि उफ्रिन लगाएका छन् ।

    देउवालाई खराबी देखाउने र विदेशीको विरोध गरेर आफू राष्ट्रवादी बन्ने प्रचण्ड माधवको चालले गठबन्धनमा खटपट समेत सुरु भएको छ । बालुवाटारमा देउवालाई भेटेर केही नभन्ने तर विद्यार्थी उरालेर वितण्डा गर्ने रणनीतिमा प्रचण्ड र माधव सक्रिय भएपछि देउवा रुष्ट बनेका हुन् ।

    यो क्रम नरोके संसद विघटन गरेर चुनावमा जाने देउवाको मनस्थिति रहेको बालुवाटार स्रोत बताउँछ ।

    भाद्र २२, २०७८ मंगलवार ०७:१८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana