Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

दुष्प्रचार गरेर देउवाको बदनाम गर्नेलाई तह लगाउन कांग्रेसले बनायो ‘एनसी विन’

दुष्प्रचार गरेर देउवाको बदनाम गर्नेलाई तह लगाउन कांग्रेसले बनायो ‘एनसी विन’

नेपालपाना भाद्र २२ २०७८
  • 4.5K
    SHARES
  • दुष्प्रचार गरेर देउवाको बदनाम गर्नेलाई तह लगाउन कांग्रेसले बनायो ‘एनसी विन’

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टी र पार्टी नेतृत्वविरुद्ध दुष्प्रचार गर्नेलाई तह लगाउन ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क) गठन गरेको छ ।

    सामाजिक सञ्जालका माध्यमबाट हुने प्रहारहरुलाई काउन्टर दिन र पार्टीको प्रतिरक्षा गर्न प्रविधि तथा सामाजिक सञ्जाल उपसमिति संयोजक इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी विन बनेको हो ।

    कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत विन बनाएको हो । सामाजिक सञ्जाललाईज्ञ तत्कालीन र दीर्घकालीन रूपमा पार्टीको प्रतिरक्षामा उपयोग गर्नेगरी विन बनाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    विभागका अनुसार यसले तत्कालीन रूपमा पार्टीको १४औँ महाधिवेशनको प्रचार गर्ने, अल्पकालीन कामअन्तर्गत आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद गर्ने र दीर्घकालीन रूपमा सामाजिक सञ्जालमार्फत सकारात्मक प्रचार गर्नेछ ।

    भाद्र २२, २०७८ मंगलवार १६:५०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana