Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

मन्त्रिपरिषद् विस्तारबारे आफै बोले प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद् विस्तारबारे आफै बोले प्रधानमन्त्री देउवा

नेपालपाना भाद्र २२ २०७८
  • 3.2K
    SHARES
  • मन्त्रिपरिषद् विस्तारबारे आफै बोले प्रधानमन्त्री देउवा

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । 

    कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उन ले सो जानकारी गराएका हुन् ।

    कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले आफ्ना दलका सांसदलाई बुुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए ।

    प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गरेको पार्टी सचेतक पुुष्पा भुुसालले जानकारी दिए ।

    एमसीसी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर प्रतिस्र्धाबाट नेपाल सरकारले प्राप्त गरेको अनुदान हो । यो परियोजना नेपालमा ल्याउन विगत लामो समयदेखि धेरै दलका सरकार नेतृत्वमा रहेका र निरन्तरता दिँदै आजको अवस्थामा आइपुुगेको हो । 

    भाद्र २२, २०७८ मंगलवार १९:३४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana