Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्दै भारतीय प्रधानमन्त्री मोदी

ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्दै भारतीय प्रधानमन्त्री मोदी

नेपालपाना भाद्र २२ २०७८
  • 3.1K
    SHARES
  • ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्दै भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुृने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ ।

    शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागीता जनाउनु हुने छ । 

    ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

    यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नु हुने नेता कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नु हुने बताइएको छ ।

    भाद्र २२, २०७८ मंगलवार १९:४२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माेदी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana