Logo

सोमवार, कार्तिक १ गते २०७८

images

उच्च अदालतले माग्यो कोरोना बीमाको भुक्तानी नगर्नुको लिखित जवाफ

उच्च अदालतले माग्यो कोरोना बीमाको भुक्तानी नगर्नुको लिखित जवाफ

नेपालपाना भाद्र २२ २०७८
  • 3.3K
    SHARES
  • उच्च अदालतले माग्यो कोरोना बीमाको भुक्तानी नगर्नुको लिखित जवाफ

    विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । 

    नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्सोरेन्स लिमिटेड, बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो । 

    उच्च अदालतले सबै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मङ्गलबारको आदेशमा जनसरोकारको विषय भएकोले रिट निवेदनलाई अग्राधिकार दिई पेश गर्नसमेत आदेश गरेको छ । सो रिटको पक्षमा अधिवक्ता मनोजकुमार आचार्यले बहस पैरवी गर्नुभएको थियो ।

    नेपाल पत्रकार महासङ्घ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २१० पत्रकार र उनीहरुका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ बीमितलाई कोरोना सङ्क्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । 

    बाँकी ३१ जनाले बीमा दाबी भुतmानी नपाएको र भुतmानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने बेहोराको पत्र पठाएको थियो ।

    भाद्र २२, २०७८ मंगलवार २०:३८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana