Logo

शनिवार, मंसिर १८ गते २०७८

images

एमसीसीको विरोध गर्न चीनद्वारा एसेटहरु परिचालन, यसरी हुँदैछ देशैभर 'माइक्रो म्यानेजमेन्ट'

एमसीसीको विरोध गर्न चीनद्वारा एसेटहरु परिचालन, यसरी हुँदैछ देशैभर 'माइक्रो म्यानेजमेन्ट'

नेपालपाना भाद्र २३ २०७८
  • 22.5K
    SHARES
  • एमसीसीको विरोध गर्न चीनद्वारा एसेटहरु परिचालन, यसरी हुँदैछ देशैभर 'माइक्रो म्यानेजमेन्ट'

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले अमेरिकाले दिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई ल्याएर नेपालमा विकास गर्न खोजेका बेला चीनका समर्थकहरूले विरोध गरेका छन् ।

    नेपालमा एमसीसी आउँदा चीनलाई सबैभन्दा ठूलो टाउको दुःखाइ भएको छ । एमसीसीको विरोध गर्न चिनियाँ दलालहरूले सामाजिक सञ्जालमा फेक आईडीहरू बनाएर विरोध गरिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्तिहरू दिएका छन् ।

    नेपालमा चीनको लगानी भित्रिएर नेपालको स्रोत साधनलाई कब्जा गर्न चीन लागेपछि नेपालमा चिनियाँ हस्तक्षेप रोक्न अमेरिकाले एमसीसीमार्फत नेपालको विकास गर्न लागेको हो ।

    नेपालको विकास गर्न नदिन चीनले भाडाका दलालहरू प्रयोग गरेर एमसीसीको विरोध गरेको छ । एमसीसीको विरोध गर्नेहरू अधिकांश चीनसँग निकट रहेकाहरू छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभन्दा अगाडि एमालेका अध्यक्ष खड्गप्रसाद न्यौपाने प्रधानमन्त्री थिए ।

    ओलीले एमसीसी पास गराउन ठूलो प्रयास गरेका थिए । ओलीले एमसीसीलाई संसदबाट पारित गराउन सकेका थिएनन् ।

    देउवाले दलहरूलाई सहमतिमा ल्याएर एमसीसी पारित गराउन अन्तिम चरणमा रहेका बेला चीनका भाडाका दलालहरूले एमसीसीको विरोधमा विभिन्न फण्डाहरू गरेका छन् ।

    भाद्र २३, २०७८ बुधवार १२:३१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana