Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

अहिले एमसीसीको विरोध गर्ने ओलीले सत्तामा हुँदा भनेका थिए, ‘लहलहैमा अमेरिकी सेना आउँछ भन्ने? सम्झौता पढेर बोल्नुस्’

अहिले एमसीसीको विरोध गर्ने ओलीले सत्तामा हुँदा भनेका थिए, ‘लहलहैमा अमेरिकी सेना आउँछ भन्ने? सम्झौता पढेर बोल्नुस्’

नेपालपाना भाद्र २४ २०७८
  • 4.5K
    SHARES
  • अहिले एमसीसीको विरोध गर्ने ओलीले सत्तामा हुँदा भनेका थिए, ‘लहलहैमा अमेरिकी सेना आउँछ भन्ने? सम्झौता पढेर बोल्नुस्’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा छन् । अहिले प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारीमा रहेका ओलीले बुधवारमात्रै संसदीय दलको बैठकबाट एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेका छन् ।

    तिनै ओली हुन् जसले सत्तामा हुँदा, प्रधानमन्त्री हुँदा एमसीसीको पक्षमा संसदमा सांसदहरुलाई क्लास नै दिएका ओलीले अहिले भने एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने भन्दै बोलिरहेका छन् ।

    सत्तामा हुँदा एमसीसीको खुलेर लागेका ओली अहिले विरोधमा उत्रिँदा उनले राष्ट्रिय सभामा बोलेको भिडियो चाहिँ भाइरल भइरहेको छ ।

    जसमा उनले भनिरहेका छन्, ‘एमसीसी सम्झौता खोजेर ल्याएर पढौं । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी पनि विरोध गर्न पायो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेकेर हिँड्न छोडेर टाउकाले टेकेर हिँड्ने यो हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले नै टेकेर हिँड्नुपर्छ । खुट्टाले हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ त्यो पढेर त्यो प्रबन्धमा यो ठिक छ यो बेठिक छ भनेर भन्नु एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भो कहाँ पढ्छ के पढ्छ ? कागले कान लग्यो भन्दाखेरी अलिकति दुख्छ होला नि । दुख्या छैन भने लगेको छैन भन्ने थाहा होला नि । दुख्या छैन भने तै पनि सुटुक्कै लग्या छ भन्ने हो भने छाम्नुपरयो नि कान छ कि छैन भनेर । दुख्या छ कि छैन भनेर वास्ता नगर्ने, लग्यो लगेन भनेर पनि थाहा नहुने, अनि लहलहैमा हिँड्ने, यो प्रवृत्ति बडा अचम्म लाग्छ । अहिले सडकको पनि विषय बनेको छ । अन्तको पनि विषय बनेको छ । तर पढे हुन्थ्यो सम्झौतामा के लेखिएको छ भनेर । कि यस देशमा विकास हुन आट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’

    हिजोका दिनमा एमसीसी विरोधीलाई देश विकास विरोधीको रुपमा चित्रण गरेका ओली अहिले भने आफै विरोधी भनेर हिँड्दा उनलाई गिज्याइ रहेको छ ।

    भाद्र २४, २०७८ बिहिवार ०७:०५:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana