Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एमसीसी उपाध्यक्ष फातिमाको टोली काठमाडौंमा, प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्ने

एमसीसी उपाध्यक्ष फातिमाको टोली काठमाडौंमा, प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्ने

नेपालपाना भाद्र २४ २०७८
  • 2.8K
    SHARES
  • एमसीसी उपाध्यक्ष फातिमाको टोली काठमाडौंमा, प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्ने

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का पदाधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

    नेपालमा एमसीसी विवादमा परेका बेला उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली आज विहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

    चारदिने भ्रमणका लागि एमसीसी टोली कतार एयरवेजमार्फत आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्नेछ ।

    एमसीसी सम्झौतामाथि प्रश्न उठे पनि बुधवारमात्रै एमसीसीले नेपाली र अंग्रेजी दुबैमा जवाफ दिइसकेको छ । जसमा सम्झौता नेपालको संविधानमाथि नहुने र इण्डो प्यासिफिक रणनीतिअन्तर्गत नभएकाले अमेरिकी सेना पनि नआउने स्पष्ट पारिएको छ ।

    एमसीसीले विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारसम्बन्धी विकासका लागि करिब ५५ अर्ब रुपैयाँको अनुदान दिँदैछ । यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्छ ।

    दलहरुबिच मतक्यै नहुँदा सम्झौता २ वर्षदेखि संसदमा अड्किएको छ ।

    भाद्र २४, २०७८ बिहिवार १०:२४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana