Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एमसीसी उपाध्यक्ष काठमाडौं ओर्लिएपछि प्रचण्ड-माधव-उपेन्द्रको सातो गयो, फुत्कियो भन्दै हात्तीवनमा रुवाबासी !

एमसीसी उपाध्यक्ष काठमाडौं ओर्लिएपछि प्रचण्ड-माधव-उपेन्द्रको सातो गयो, फुत्कियो भन्दै हात्तीवनमा रुवाबासी !

नेपालपाना भाद्र २४ २०७८
  • 23.0K
    SHARES
  • एमसीसी उपाध्यक्ष काठमाडौं ओर्लिएपछि प्रचण्ड-माधव-उपेन्द्रको सातो गयो, फुत्कियो भन्दै हात्तीवनमा रुवाबासी !

    काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन् ।

    उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

    यसअघि बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने फातिमाको काठमाडौं आगमनले राजनीति दलरू दबाबमा परेका छन् । फातिमासँग भेट्नु अघि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

    प्रचण्ड-माधव-उपेन्द्र तनावमा

    खासगरी सत्ता गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । सबैभन्दा बढी दबाब यिनीहरुलाई छ । तिनै जना अहिले चीन निकट मानिन्छ ।

    नेपालमा ऋणवाला परियोजना बीआरई ल्याउन चाहिरहेको चीनले अमेरिकाको अनुदान नेपालमा नआओस् भन्ने चाहन्छ । यसका लागि चिनियाँ राजदूतले प्रचण्ड, माधवदेखि उपेन्द्रसम्म भेटेर भनिसकेकी छन् ।

    पछिल्लो दिनमात्रै चिनियाँ राजदूतले उपेन्द्रको निवासमै गएर भेटेकी थिइन् । जसले गर्दा यी तीन नेता चीन र अमेरिकाको चेपुवामा परेका छन् । कांग्रेस र एमाले भने एमसीसी पारित गराउनुपर्ने पक्षमै छन् ।

    तर एमसीसीमा अलमलमा रहेका प्रचण्ड, माधव र उपेन्द्र भने तनावमा परेका हुन् । एमसीसी सम्झौताबारे बुधवारै स्पष्ट पारिसकिएको छ । यो सैन्य गठबन्धन होइन । मात्र विकाससँग सम्बन्धीत छ । त्यसमाथि यो नेपालको संविधानमाथि पनि छैन । तर माओवादीले चीनको इसारामा यसलाई उचालिरहेको छ ।

    यस्तो बेला एमसीसीले नै सत्य तथ्य बाहिर ल्याएपछि तनावमा परेका प्रचण्ड माधव उपेन्द्र एमसीसीका प्रतिनिधिमण्डल नेपाल आउँदा थप दबाबमा परेका छन् । त्यसअघि तिनै जना सल्लाहमा जुटेका हुन् ।

    यादवको निवास हात्तिवनमा भएको छलफलमा एमसीसी प्रतिनिधिमण्डलसँग एकै स्वरमा कुरा राख्ने समझदारी भएको स्रोतले जनाएको छ ।

    भाद्र २४, २०७८ बिहिवार १३:३४:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana