Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

भारतले अफगानिस्तानबाट उद्धार गरिदिएका ११ नेपाली नयाँदिल्ली क्वारेन्टिनमा

भारतले अफगानिस्तानबाट उद्धार गरिदिएका ११ नेपाली नयाँदिल्ली क्वारेन्टिनमा

नेपालपाना भाद्र २४ २०७८
  • 5.6K
    SHARES
  • भारतले अफगानिस्तानबाट उद्धार गरिदिएका ११ नेपाली नयाँदिल्ली क्वारेन्टिनमा

    नयाँदिल्ली । अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारिन्टनमा बसेका छन् ।

    काबुलबाट उद्दार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन् । उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सिमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको थियो ।

    भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्दार गरि नयाँ दिल्ली पुर्याटएको थियो । कोभिड परीक्षणपछि यही २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो ।

    कोभिड परीक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटि आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो ।

    केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो ।

    अहिलेसम्म केन्द्रमा वंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् ।

    केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् ।

    भाद्र २४, २०७८ बिहिवार १४:०१:४५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana