Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

नेपालपाना भाद्र २४ २०७८
  • 2.9K
    SHARES
  • स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

    काठमाडौं। बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पार्नुभएको छ  । 

    प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताउनुभएको हो  । 

    यस अगावैको मन्त्रालयमा विभिन्न क्षेत्र समावेश गरी मन्त्रालय स्थापना भएको हुँदा स्वास्थ्य क्षेत्रको मात्र काम गर्न स्वास्थ्य मन्त्रालय आवश्यक देखिएको उहाँको भनाइ थियो । सोही कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्यकतानुसार प्रदेशका  १३ वटै जिल्लामा पठाउन निर्देशन दिनुभयो  । प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउँदै कोभिड १९ मात्र नभई स्वास्थ्य क्षेत्रको अन्य सेवामा प्रयोग गर्न सकिने भएकाले प्राप्त सहयोग सामग्री दुरुपयोग नगरी सदुपयोग गर्न उहाँले निर्देशन दिनुभयो  । 

    त्यस्तै, सो कार्यक्रममा नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले कोभिड–१९ को आगामी सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले आवश्यक तयारी थाल्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करिब रु आठ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    भाद्र २४, २०७८ बिहिवार २०:५८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana