Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

प्रदेश २ मा भएन कांग्रेसको वडा अधिवेशन

प्रदेश २ मा भएन कांग्रेसको वडा अधिवेशन

नेपालपाना भाद्र २४ २०७८
  • 2.4K
    SHARES
  • प्रदेश २ मा  भएन कांग्रेसको वडा अधिवेशन

    काठमाडौं। नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । 

    प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।

    कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

    प्रदेश–२ मा आजसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताए ।

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका पञ्जियारले भन्नुभयो, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन ।” त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको जनाए । 

    भाद्र २४, २०७८ बिहिवार २१:००:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana