Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

देउवाले अदालत पर्खेका थिए, प्रचण्ड र माधवको निर्देशनमा सभामुखले जबरजस्ती गरेको खुलासा

देउवाले अदालत पर्खेका थिए, प्रचण्ड र माधवको निर्देशनमा सभामुखले जबरजस्ती गरेको खुलासा

नेपालपाना भाद्र २५ २०७८
  • 50.2K
    SHARES
  • देउवाले अदालत पर्खेका थिए, प्रचण्ड र माधवको निर्देशनमा सभामुखले जबरजस्ती गरेको खुलासा

    काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले प्रचण्ड र माधव नेपालको निर्देशनमा सभामुखले जबरजस्ती संसद चलाउन खोजेको टिप्पणी गरेका छन् । 

    माधव नेपालसहित एमालेको १४ जना सांसदलाई कारबाही नगरेकाबारे परेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भदौ २८ गतेसम्म पर्ख भन्दा पनि सभामुखले जबर्जस्ती गरेकाले संसद्मा अवरोध गर्नुपरेको उनको जिकिर छ । उनले थपे, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न कानुनमन्त्री पठाउनुभएको थियो । अब त सम्बन्ध सुध्रिएला भनेको फेरि माधव नेपाल र प्रचण्डले वातावरण बिगारिसकेछन् ।‘

    नेता बस्नेतले सभामुखले अरु दललाई एउटा र एमालेलाई अर्को कानुन लगाउन नमिल्ने बताए । निर्वाचन आयोग, सर्वोच्च अदालत र सभामुखले सेटिङ चलाएको आरोप पनि लगाए । लोकतान्त्रिक मान्यतालाई चुनौती दिएर अध्यादेश ल्याइएको र देशीविदेशी शक्तिको डिजाइनभित्र माधव नेपाल एउटा पात्रका रुपमा खडा भएको उनको दाबी थियो ।

    बस्नेतले संसद् चल्ने स्थिति नभएकाले अग्रिम चुनावमा जानुपर्ने बताए । उनले सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीको गलत व्याख्या गरेर समानान्तर न्यायालय चलाउन खोजेको आरोपसमेत लगाए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, ‘अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब चल्दैन, यसले विधेयक पास गर्न पनि सक्दैन । यो थारो गाईजस्तै हो । यो संसद्लाई जतिसक्दो चाँडो अन्त्य गरेर अर्ली इलेक्सनमा जानुपर्छ । फागुनदेखि वैशाखसम्म सबै तहको निर्वाचन एकैचोटि गराउनुपर्छ । अब फैसला गर्ने जिम्मा जनतालाई दिऊँ ।’

    माधव नेपालको पार्टी चाँडै फुट्ने भविष्यवाणी पनि उनले गरे । उनले थपे, ‘माधव नेपालको पार्टीमा भक्तपुरबाट जम्मा एक जना मात्र जनप्रतिनिधि गए । अहिले माधव नेपालको भागमा पाँच वटा मन्त्रालय परेको छ, ३० जनालाई अवसर दिन्छु भन्दै हिँड्नुपरेको छ । त्यो पार्टी चाँडै फुट्ने स्थिति आउँछ ।’

    भाद्र २५, २०७८ शुक्रवार १०:२७:०९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana