Logo

बुधवार, मंसिर १५ गते २०७८

images

वैकल्पिक तरिकाबाट एमसीसी अनुमोदन गराउने तयारी, राजदूत खतिवडाले अमेरिकाबाटै लिए पहल

वैकल्पिक तरिकाबाट एमसीसी अनुमोदन गराउने तयारी, राजदूत खतिवडाले अमेरिकाबाटै लिए पहल

नेपालपाना भाद्र २५ २०७८
  • 5.6K
    SHARES
  • वैकल्पिक तरिकाबाट एमसीसी अनुमोदन गराउने तयारी, राजदूत खतिवडाले अमेरिकाबाटै लिए पहल

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) वैकल्पिक तरिकाबाट अनुमोदन गराउने तयारी भएको छ । एमसीसीमा नभएको हल्ला फैलाएर विवादमा ल्याइएपछि अनुमोदनका लागि वैकल्पिक उपाय अपनाइने भएको हो । 

    यसको जानकारी न्युयोर्कमा रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले दिएका छन् । अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिला विभागकी उपसहायक सचिव लौरा स्टोनसँगको भेटवार्तामा खतिवडाले एमसीसी सम्झौताको वैकल्पिक तरिका खोजी गरिने जानकारी गराएका हुन् । 

    नेपाल एमसीसी सम्झौतालाई मैत्रीपूर्ण र सहकार्य सम्बन्धको समान भावका साथ अगाडि बढाउन प्रतिबद्ध रहेको भन्दै राजदूत खतिवडाले शंकाहरु र भ्रमहरु हटाउँदै परियोजनालाई अगाडि बढाउनुपर्ने बताए । दुबै पक्ष सहमत भएमा सम्झौताको पुन: समीक्षा वा अनुमोदनको वैकल्पिक तरिका खोज्नई सकिने खतिवडाले उल्लेख गरेका थिए । 

    राजदूत खतिवडाले नेपालमा सरकार परिवर्तन भए पनि परराष्ट्र नीतिमा परिवर्तन नहुने पनि स्पष्ट पारे । नेपाल अमेरिकासँग लामो समयदेखिको मैत्रीपूर्ण र सहकार्यको सम्बन्धलाई सुदृढ बनाउन चाहेको कुरा राजदूत खतिवडाले प्रष्ट पारेका थिए । 

    अमेरिकी विदेश उपसहायक सचिव स्टोनले एमसीसी सम्झौताबारे फैलिएका भ्रम हटाउने विषयमा पहल गर्न आग्रह गरेकी थिइन् ।

    भाद्र २५, २०७८ शुक्रवार १६:२४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana