Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

गगनसँग भिड्न तयार भएका विश्वप्रकाश सभापति लड्ने निधिसँग

गगनसँग भिड्न तयार भएका विश्वप्रकाश सभापति लड्ने निधिसँग

नेपालपाना भाद्र २५ २०७८
  • 15.1K
    SHARES
  • गगनसँग भिड्न तयार भएका विश्वप्रकाश सभापति लड्ने निधिसँग

    काठमाडौं। यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मोहल बन्दै गएको छ । कांग्रेस युवा नेता गगन थापाले केही अघि नै महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

    त्यसको केही समयपछि अर्का युवा नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमै भिड्ने घोषणा गरेका छन् । यसबीच नेपाली कांगेसका प्रवक्ता समेत रहेका नेता शर्मा उपसभापति विमलेन्द्र निधिसँगै देखिएका छन्। 

    महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेको भोलिपल्ट उनी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेता निधिसँग पूजा गरिरहेको अवस्थामा देखिएका हुन्।  

    निधिपत्नी अनामिकाले दुवै जनाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। 

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको समूह छाड्ने चर्चा चलिरहेका बेला प्रवक्ता शर्मा निधिसँग देखिनुलाई अर्थपूर्ण मानिएको छ।

    भाद्र २५, २०७८ शुक्रवार २०:५९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana