Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

गुरिल्ला सभामुख र अर्थमन्त्रीलाई संसदमै च्यालेञ्ज गर्ने यी हुन् हिम्मतवाली एमालेकी रेखा, बालबाल बचे अग्नि

गुरिल्ला सभामुख र अर्थमन्त्रीलाई संसदमै च्यालेञ्ज गर्ने यी हुन् हिम्मतवाली एमालेकी रेखा, बालबाल बचे अग्नि

नेपालपाना भाद्र २६ २०७८
  • 4.5K
    SHARES
  • गुरिल्ला सभामुख र अर्थमन्त्रीलाई संसदमै च्यालेञ्ज गर्ने यी हुन् हिम्मतवाली एमालेकी रेखा, बालबाल बचे अग्नि

    काठमाडौं । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जनयुद्धको गुरिल्ला शैली देखाए । सभामुख पदको मर्यादासमेत नराखी माओवादी कार्यकर्ता बनेर अग्नि सापकोटाले पेलेर सदन चलाए ।

    प्रमुख प्रतिपक्षी एमालेलाई छक्याएर पेलेर सदन चलाएपछि एमालेका सांसदहरु प्रतिवादमा उत्रिए । संसदीय अभ्यास विपरीत सांसदहरुले नाराबाजी गरिरहँदा अध्यादेश तथा बजेट प्रतिस्थापन विधेयक अघि बढाउने अलोकतान्त्रिक काम सापकोटाबाट भयो ।

    यसमा माओवादीका अर्थमन्त्री जनार्दन शर्मा पनि लागे । सभामुख र अर्थमन्त्री दुबै मिलेर संसदमा वितण्डा मच्चाए । एमालेले प्रतिवाद गरयो । रोस्टम घेराउ गरयो । अगाडि मर्यादापालक राखेर सभामुख पेलेर अघि बढेपछि एमाले सांसद झनै आक्रोशित भए ।

    यहीँ बिचमा एकजना महिला सांसदले मर्यादापालकलाई पनि छिचोल्दै सभामुखलाई आसनबाट तान्न अघि बढिन् । उनी थिइन एमाले सांसद रेखाकुमारी झा । पेलेरै अघि बढेका सभामुखलाई सबक सिकाउन उनले आसनको माइक नै तानिन् । उनले सभामुखतिर प्रहार गर्नै खोजेकी थिइन् तर मर्यादापालकहरुले रोकिदिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुखको टाउकोमा हान्न खोजेको बताइन् । 'मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ । सभामुखले संसदीय मर्यादा कायम राखेनन्', उनले भनिन्, 'अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु ।'

    नियम कानुन उलंघन गर्नेलाई हान्दा फरक नपर्ने उनले बताइन् । 'सभामुखले संसदीय मर्यादा कसले कायम गर्न सकेनन्,' उनले भनिन्, 'हामीले आज त माइक मात्रै तान्यौँ, अब मौका मिल्यो भने सभामुखलाई हान्छौँ ।'

    भाद्र २६, २०७८ शनिवार १३:४४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana