Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एक्सनमा देउवा सरकार : चीनले मिचेको भूमि खोज्न हुम्लाको बोर्डर पुगे गृहका कमाण्डर, १५ वटै पिल्लरको जाँच हुने

एक्सनमा देउवा सरकार : चीनले मिचेको भूमि खोज्न हुम्लाको बोर्डर पुगे गृहका कमाण्डर, १५ वटै पिल्लरको जाँच हुने

नेपालपाना भाद्र २६ २०७८
  • 8.9K
    SHARES
  • एक्सनमा देउवा सरकार : चीनले मिचेको भूमि खोज्न हुम्लाको बोर्डर पुगे गृहका कमाण्डर, १५ वटै पिल्लरको जाँच हुने

    काठमाडौं । चीनले मिचेको नेपाली भूमि खोज्न सरकारी टोली हुम्ला पुगेको छ । हुम्लाको सीमा क्षेत्रमा देखिएको सीमा विवाद अध्ययन गर्न छानविन समिति हुम्ला पुगेर सीमातिर लागेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद सल्टाउन गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा छानविन समिति बनाएका थिए । समिति शनिबार हुम्ला पुगेर सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।

    छलफलपछि छानविन टोली सीमातिर लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु हुनेछ ।

    अध्ययन टोलीले लिमी लाप्चासहित १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्ने कार्यतालिका छन् । लिमी लाप्चा क्षेत्रमा नेपाली भूभागमा चीनले भवन बनाएपछि विवाद उत्पन्न भएको थियो ।

    तर तत्कालीन सरकारले उक्त भूभागलाई चीनकै हो भनिदिएपछि कांग्रेस नेता जीवनबहादुर शाही आफै स्थलगत अध्ययनमा गएर लिमी लाप्चामात्र होइन ८ ठाउँमा चीनले सीमामा भूमि मिचेको तथ्य बाहिर ल्याएका थिए ।

    यो समस्यालाई हल गर्न चीनबाट भूमि फिर्ता गराउन देउवा सरकारले छानविन समिति बनाएको हो । समितिले अध्ययन गरेर अब यथार्थ बाहिर ल्याउने छ ।

    भाद्र २६, २०७८ शनिवार १७:३८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला_सीमा_विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana