Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एमसिसी पास गर्ने तयारी, अर्थमन्त्रीसँग उपाध्यक्षले गरिन् यस्तो आग्रह

एमसिसी पास गर्ने तयारी, अर्थमन्त्रीसँग उपाध्यक्षले गरिन् यस्तो आग्रह

नेपालपाना भाद्र २६ २०७८
  • 2.4K
    SHARES
  • एमसिसी पास गर्ने तयारी, अर्थमन्त्रीसँग उपाध्यक्षले गरिन् यस्तो आग्रह

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । 

    भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताउनुभएको थियो । 

    अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । 

    उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो ।

     यस्तै, बिहिबार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा०का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

    छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ ।

    भाद्र २६, २०७८ शनिवार १७:५२:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana