Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

भारतकी विदेश मामिला राज्य मन्त्री लेखी पोर्चुगल र स्पेन जादै

भारतकी विदेश मामिला राज्य मन्त्री लेखी पोर्चुगल र स्पेन जादै

नेपालपाना भाद्र २६ २०७८
  • 3.0K
    SHARES
  • भारतकी विदेश मामिला राज्य मन्त्री लेखी पोर्चुगल र स्पेन जादै

    एजेन्सी। भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएकी छन् ।

    उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नुे भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    सुरुमा उनले सेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ । 
    पोर्चुगलमा रहँदा उनले विदेशमन्त्री लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्नुे जनाइएको छ ।

    सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ । त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उनले स्पेनको भ्रमण गर्ने छिन्।

    भाद्र २६, २०७८ शनिवार १८:००:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana