Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त

कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त

नेपालपाना भाद्र २६ २०७८
  • 2.9K
    SHARES
  • कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त

    काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव एवं पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

    सहमहामन्त्री डा महतले आज एक शोक विज्ञप्ति जारी गरी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री सुवर्णशमशेर राणाको कनिष्ट सुपुत्र रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “राणाको असामयिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ, यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, सहमहामन्त्री डा महतद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    सहमहामन्त्री डा महतले योग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्मशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवं औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा पुर्याउनुभएको योगदान अतुलनीय एवं अविस्मरणीय रहेको बताउनुभएको छ । डा महतले स्व राणाको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्तालाई सधैँभर प्रेरणा दिने विश्वास लिनुभएको छ ।

    भाद्र २६, २०७८ शनिवार १८:४९:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana