Logo

शुक्रवार, आश्विन १ गते २०७८

कण्डम टेस्टरको काम गर्ने  रकुल प्रीत सिंहको सपना अधुरै 

कण्डम टेस्टरको काम गर्ने  रकुल प्रीत सिंहको सपना अधुरै 

नेपालपाना भाद्र २६ २०७८
  • 1.5K
    SHARES
  • कण्डम टेस्टरको काम गर्ने  रकुल प्रीत सिंहको सपना अधुरै 

    काठमाडौं। बलिउड अभिनेत्री रकुल प्रीत सिंह र रानी स्क्रुवालाको आरएसवीपी फिल्म ‘छतरीवाली’मा काम गर्न अभिनेत्री रकुल निकै उत्साहित थिइन् । उनले फिल्ममा उनले कण्डम टेस्टरको भूमिका निभाउने तयारीमा थिइन् ।

    तर अब, निर्माताले फिल्म निर्माण नहुने जानकारी दिएसँगै उनको उत्साहमा बिराम लागेको छ । 

    निर्माण पक्षले फिल्म बन्द गरिएको बारे केही घोषणा नगरे पनि फिल्मसँग जोडिएको एक पक्षले भने यो कुरालाई स्वीकार गरेको छ । हालै रिलिज भएको अपारशक्ति खुराना अभिनित फिल्म ‘हेलमेट’को कथा ‘छतरीवाली’सँग मिल्ने भएकाले फिल्म निर्माणको काम रोकिएको हो । हेलमेट’को कथा राम्रो भए पनि फिल्मले बक्सअफिसमा सफलता पाउन सकेन । जसकारण ‘छतरीवाली’को निर्माण पक्षले फिल्मको काम बन्द गरेको हो ।

    कण्डम टेस्टरको बारेमा कमैलाई थाहा होला । कण्डम उत्पादक कम्पनीले १८ वर्षमाथिका व्यक्तिलाई अनुबन्ध गरेर कण्डमको प्रयोग गर्न लगाउछ । कम्पनीले कण्डमको नयाँ भर्सन सार्वजनिक गर्नासाथ कण्डम टेस्टरले त्यसको प्रयोग गर्दछ । उसले कण्डम लगाएर यौन सम्पर्क गर्दा कण्डमको टिकाउको बारेमा जानकारी दिन्छ ।

    भाद्र २६, २०७८ शनिवार १९:२०:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana