Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

हेबेईकाे कारखानामा निसास्सिएर ६ जनाको मृत्यु

हेबेईकाे कारखानामा निसास्सिएर ६ जनाको मृत्यु

नेपालपाना भाद्र २६ २०७८
  • 1.9K
    SHARES
  • हेबेईकाे कारखानामा निसास्सिएर ६ जनाको मृत्यु

    काठमाडौं। स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ ।

    दिउसो करिब ३ः०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो । 

    अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्धार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए । 

    घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुगी उद्धार गरेपनि एक व्यक्तिलाई मात्र जोगाउन सकिएको अरू छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ । दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइउको छ ।

    भाद्र २६, २०७८ शनिवार २०:१४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana