Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एमसीसी सम्झौताको पक्षमा उत्रियो एमाले, प्रचण्ड र माधवहरुमाथि सोझियो प्रश्न

एमसीसी सम्झौताको पक्षमा उत्रियो एमाले, प्रचण्ड र माधवहरुमाथि सोझियो प्रश्न

नेपालपाना भाद्र २७ २०७८
  • 5.8K
    SHARES
  • एमसीसी सम्झौताको पक्षमा उत्रियो एमाले, प्रचण्ड र माधवहरुमाथि सोझियो प्रश्न

    काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागु हुनुहुन्न भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी समिति बैठकले एमसीसी सत्ता गठबन्धनमा निर्भर रहेको निष्कर्ष निकालेको हो । खासगरी एमालेले एमसीसीको विरोधमा रहेका प्रचण्ड र माधव नेपालमाथि प्रश्न उठाएको छ ।

    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए । ‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन । एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेछ छ । अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ,’ उनले भने ।

    एमसीसीको बारेमा संसदीय दलमा व्यापक छलफल भएको बताउँदै भट्टराईले एमसीसी अघि बढाउने नबढाउने सरकारको हातमा रहेको बताए ।

    ‘सत्तारुढ गठबन्धनले पहिलो त एमसीसीलाई संसदमा टेबुल गर्नु हुन्छ कि गर्नुहुन्न त्यो हेर्दैछौं । कस्तो अवस्थामा गर्नुहुन्छ ? जस्ताको तस्तै हो कि संशोधन गर्नुहुन्छ कि ? के गर्नुहुन्छ त्यो कुरा त क्लियर छैन अहिले । त्यसो हुँदा अहिले नै हामीले बोल्नु हतार हुन्छ,’ उनले भने . ‘१० बुँदे कार्यान्वयनमा गयो’ एमाले सचिव भट्टराईले स्थायी कमिटी र केन्द्रीय कमिटीले कार्यान्वयन गरिसकेको १० बुँदे सहमतिका आधारमा भुगोलका कतिपय जिल्लाहरु पनि पुनर्गठित भइसकेको जानकारी दिए ।

    ‘अधिकांश जिल्लाहरुमा पुरानै कमिटी बैठक भइसकेको छ । कार्यान्वयन हुने क्रममा छ । सुदूरपश्चिम प्रदेश २ र १ मा केही समस्या छ । जनसंगठनमा पनि कार्यान्वयन हुँदै गएको छ । केही व्यवहारिक कठिनाईलाई छन् ।

    त्यसलाई नेकपा पार्टीको बृहत्तर हितमा समाधान गर्दै १० बुँदेको स्परिटमा एमालेलाई थप सुदृढ र एङ्कताबद्ध बनाउँछौं,’ उनले भने ।

    भाद्र २७, २०७८ आइतवार ०९:४४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana