Logo

शुक्रवार, आश्विन १ गते २०७८

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री जनार्दन शर्मा

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री जनार्दन शर्मा

नेपालपाना भाद्र २७ २०७८
  • 1.1K
    SHARES
  • सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री जनार्दन शर्मा

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताउनुभएको छ । 

    अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त हुन सक्छ । त्यसका लागि क्रमशः वातावरण बन्दै गएको छ ।” उहाँले कोरोनाको असर कम हुँदै गएको, आर्थिक क्रियाकलाप बढ्दै गएको, पूँजीगत खर्चमा वृद्धि गर्ने स्पष्ट कार्ययोजनाको तयार गरिएको तथा अन्य नीतिगत सुधार गरिएकाले अपेक्षित लक्ष्य पूरा हुने जानकारी दिनुभयो ।
     
    “पूरा हुने लक्ष्य मात्रै निर्धारण गरेका छौँ । केहीलाई तत्काल  सरकारको यो घोषणा विश्वास नलाग्न पनि सक्छ तर हामी यसलाई पूर्णता नै दिन्छौँ । लक्ष्य पूरा हुन्छ भन्ने हाम्रो विश्वास छ”, अर्थमन्त्री शर्माले भन्नुभयो । उहाँले विकास निर्माणका गतिविधिलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिनेजस्ता व्यवस्थाले अर्थतन्त्रले थप गति समात्ने उल्लेख गर्नुभयो ।
     
    अर्थमन्त्रीले बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीमा  व्यापक सुधार गर्ने, भुक्तानी प्रणालीलाई थप सरल एवं सहज बनाउने र न्यून बिजकीकरणमा भइरहेको समस्यालाई समाधान गर्नेलगायत व्यवस्थाले पनि अर्थतन्त्र थप विस्तारित हुने विश्वास व्यक्त गर्नुभयो । 

    भाद्र २७, २०७८ आइतवार १९:०८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana