Logo

शुक्रवार, आश्विन १ गते २०७८

साउथ स्टार सामन्था र नागा चैतन्य डिभोर्स गर्दै

साउथ स्टार सामन्था र नागा चैतन्य डिभोर्स गर्दै

नेपालपाना भाद्र २७ २०७८
  • 1.6K
    SHARES
  • साउथ स्टार सामन्था र नागा चैतन्य डिभोर्स गर्दै

    एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्य डिभोर्सको तयारीमा रहेको समाचारहरु बाहिरिएका छन् ।

    सन् २०१७ मा विवाह गरेको यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा परिचित छ ।

    केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

    समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ । नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहँदिनन् ।

    उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि यद्यपि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।

    विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् । उनीहरु विवाहको तयारीमा रहेको बेला अचानक सम्बन्धमा दरार आएको थियो ।

    भाद्र २७, २०७८ आइतवार २१:०३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana