Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

एमालेले बहिष्कार गर्यो सभामुखको 'नौटंकी', ओलीले दूतमार्फत पठाए दुई कडा सन्देश, माधवसँगै अग्निको पद पनि धराप

एमालेले बहिष्कार गर्यो सभामुखको 'नौटंकी', ओलीले दूतमार्फत पठाए दुई कडा सन्देश, माधवसँगै अग्निको पद पनि धराप

नेपालपाना भाद्र २८ २०७८
  • 11.1K
    SHARES
  • एमालेले बहिष्कार गर्यो सभामुखको 'नौटंकी', ओलीले दूतमार्फत पठाए दुई कडा सन्देश, माधवसँगै अग्निको पद पनि धराप

    काठमाडौं । पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ ।

    सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख सचेतक विशाल भट्टराईमार्फत मार्ग प्रशस्तको सन्देश पठाउन लागिएको जानकारी दिए ।

    ‘सभामुखले बोलाएको बैठकमा अध्यक्षज्यू पनि जानु हुन्न, म पनि जान्न । तर प्रमुख सचेतकले सभामुखलाई भेटेर दुइटा सन्देश भने दिनु हुनेछ,’ नेम्वाङले न्युज कारखानासँग भने, ‘पहिलो एमालेले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्नेछ र दोस्रो पदीय जिम्मेवारी विपरीत कार्य गरेकाले सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सन्देश दिनुहुनेछ ।’ उनकाअनुसार सभामुख सापकोटाले बैठक सञ्चालन गर्न अगावै भट्टराईले सो सन्देश दिनलाई निर्देशन दिई सकिएको छ ।

    पार्टी गतिविधि विपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेका थियो । तर सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाई छ । सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन हुन पुगेको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

    एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरे पछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । जसमा प्रमुख प्रतिपक्ष दलका नेता र उपनेता क्रमशः ओली र नेम्वाङले नजाने बताएका छन् । ओली र नेम्वाङ नजाने भएपछि प्रमुख सचेतक भट्टराईमार्फत पार्टीको सन्देशसहित बैठक अगाडि नै सभामुख सापकोटालाई भेट्ने प्रयत्नमा लागेका छन् ।

    भाद्र २८, २०७८ सोमवार ११:२८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana