Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

देउवाको यस्तो कदम, जसले फेरि फुट्ने भयो उपेन्द्र यादवको पार्टी

देउवाको यस्तो कदम, जसले फेरि फुट्ने भयो उपेन्द्र यादवको पार्टी

नेपालपाना भाद्र २८ २०७८
  • 10.4K
    SHARES
  • देउवाको यस्तो कदम, जसले फेरि फुट्ने भयो उपेन्द्र यादवको पार्टी

    काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश संसदमा पेश गरेको छ । माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टी बनिसकेपछि भदौ २२ गते अध्यादेश फिर्ता लिने भने पनि सरकारले प्रतिनिधिसभामा पेश गरेको छ । अध्यादेश सक्रिय नै छ ।

    अध्यादेशअनुसार पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत दल विभाजन गर्न बाटो खुला छ । अध्यादेश सक्रिय रहेको र २० प्रतिशतको खुकुलो प्रावधान भएकाले पार्टी फुट्ने खतरा छ । त्यसमा खासगरी उपेन्द्र यादवको जसपा निशानामा छ । महन्थ ठाकुरबाट पार्टी कब्जा गरेका उपेन्द्र अझै रित्तिँदैछन् ।

    सरकारमा मन्त्रीको संख्या थोरै पाउने तर महन्थलाई समेत छोडेर आएकाहरु समेट्नुपर्ने बाध्यता उपेन्द्रसामु छ । उनले सबैलाई मन्त्री बनाउँछु भनेर प्रलोभन देखाएर आफूतिर तानेका छन् । तर सबैलाई मन्त्री बनाउन सम्भव छैन । उपेन्द्रले महन्थ छोडेर आएकालाई प्राथमिकता दिने भएपछि पार्टीभित्रका पुरानाहरु मन्त्री बन्न नपाउने भन्दै असन्तुष्ट छन् । असन्तुष्ट समूहले पार्टी फुटाएर सरकारमा जानेबारे पनि परामर्श गरिरहेको छ ।

    यस्तो बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश सक्रिय हुनेगरी संसदमा पेस गरेपछि जसपा फुट्ने सम्भावना बढेको हो । पार्टी फुट्ने डरले उपेन्द्रले मन्त्रिपरिषद विस्तार हुन पनि दिएका छैनन् । जसपामा आन्तरिक विवाद कायम रहेका बेला देउवाले अध्यादेश टेबल गरेपछि उपेन्द्र आत्तिएका हुन् ।

    जसपामा उक्त अध्यादेशले विभाजन ल्याउने संभावना रहेको उपेन्द्र यादव पक्षको आन्तरिक विश्लेषण रहेको छ । अध्यादेश ६० दिनसम्म सक्रिय राखेमा जसपा विभाजन हुनेछ । जसपा विभाजन भएमा पुन मधेशवादी तीन दल बन्ने छन् । संसदमा एक दल पुन थपिने छ । लोकतान्त्रिक समाजवादी पार्टीमा १४ जना सांसद प्रतिनिधिसभाका र १ जना राष्ट्रिय सभाकाले सनाखत गरेका थिए । जसपामा अहिले १८ जना प्रतिनिधि सभाका र २ जना राष्ट्रिय सभाका सांसद रहेका छन् ।

    यदि मन्त्रिपरिषद विस्तार भएमा असन्तुष्ट सांसदले २० प्रतिशत पुर्या१एर जसपा फेरि विभाजन हुने खतरा रहेको बताइन्छ । अध्यादेशका कारण नै मन्त्रिपरिषद विस्तार हुन नसकेको सत्तागठबन्धनका दलहरु बताउछन् । २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भएमा पार्टी फुटाउन मिल्ने अध्यादेशको व्यवस्था कायम रहेसम्म मन्त्रिपरिषद विस्ता नगर्न जसपाको माग छ ।

    लोसपाका नेताहरुले पनि मन्त्री नबनाए नयाँ पार्टी बनाउन प्रोत्साहन गरिरहेका छन् । जसले उपेन्द्रको सातो गएको छ ।

    भाद्र २८, २०७८ सोमवार १९:४५:४२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana