Logo

शुक्रवार, आश्विन १ गते २०७८

बाबुराम भट्टराईले भने- 'अलमलमा नपरौं तुरुन्त एमसीसी पास गरौं'

बाबुराम भट्टराईले भने- 'अलमलमा नपरौं तुरुन्त एमसीसी पास गरौं'

नेपालपाना भाद्र २८ २०७८
  • 1.8K
    SHARES
  • बाबुराम भट्टराईले भने- 'अलमलमा नपरौं तुरुन्त एमसीसी पास गरौं'

    काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले एमसीसी बीना कुनै अलमल पास गर्नुपर्ने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने बताएका हुन् । 

    ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ, जनता समाजवादी पार्टी एक्लैको निर्णयले एमसीसी पास गर्न सम्भव छैन।’ नेता भट्टराईले अलमलमा नपरेर तुरून्त एमसीसी पास गर्नुपर्ने किसिमकाे टिप्पणी गरेका हुन् ।

    नेता भट्टराईले एमसीसीले देशमा ठूलो राहत पुर्याउने बताएका छन् । उनले भने, ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने, ‘मुलुकको पूरै समस्या एमसीसीले हल हुने भन्ने होइन।’

    एमसीसीको विषय अहिले भ्रमको रुपमा गिजोलिएर जनस्तरसम्म फिँजिएको र अनावश्यक तर्क र बितर्कले प्रश्रय पाएको भट्टराईले बताए। ‘राष्ट्रिय सहमतिबाट नै यो छिटो टुङ्गो लागोस्’, उनले भने, ‘राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ।’

    भाद्र २८, २०७८ सोमवार १९:५१:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana