Logo

शुक्रवार, आश्विन १ गते २०७८

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

नेपालपाना भाद्र २९ २०७८
  • 1.2K
    SHARES
  • पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

    पन्जशिर । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । 

    सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् । 

    युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ । 
    गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ । 

    भाद्र २९, २०७८ मंगलवार ०८:१८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तालिवान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana