Logo

बिहिवार, जेठ १२ गते २०७९

images

नेपालका दजर्नाैं एमबीबीएसमाथि चीनको खेलवाड, नेपालमा समेत मिलेन न्याय !

नेपालका दजर्नाैं एमबीबीएसमाथि चीनको खेलवाड, नेपालमा समेत मिलेन न्याय !

नेपालपाना भाद्र २९ २०७८
  • 5.5K
    SHARES
  • नेपालका दजर्नाैं एमबीबीएसमाथि चीनको खेलवाड, नेपालमा समेत मिलेन न्याय !
    काठमाडौँ। चीनमा एमबीबीएस उतीर्ण गरेका दजर्नाैं विद्यार्थीहरुमाथि खासगरी चिनियाँ पक्षबाट तनाव सिर्जना भएको छ । कोभिड१९को महामारीको निहुँ पार्दै चीनले उनीहरुले त्यहाँ नबोलाउदा इन्टर्नसिप गर्न नपाइ विद्यर्थाीहरु संकटमा परेका हुन् ।
     
    कम्युनिस्ट नेतृत्वको चीनले उनीहरुलाई फिर्ता बोलाउन सम्बन्धीत संस्थाहरुलाई अनुमति नदिँदा विद्याथीहरु नेपालमा इन्र्टनसिप गर्न माग गरिरहेका छन् । 
     
    तर, नेपालमा भने नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा उनीहरु मारमा परेका छन् । यसैकारण आफ्नो माग सुनि दिन भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
     
    आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक पाए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । 
     
    मापदण्ड पुरा गरेका १५५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले जनाएका छन् ।
     
    मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने र यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । 

    भाद्र २९, २०७८ मंगलवार १९:३३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend